मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल

मैले बनाएको सिनेमामा निर्देशक हराउँछः दीपकराज गिरी

काठमाडौँ– अभिनेता दीपकराज गिरीले सिनेमा निर्माण टिम वर्क भएको बताएका छन् । काठमाडौँमा जारी सातौँ इन्टरनेशनल फिल्म फेस्टिभलको ‘निर्देशक हराएको सूचना’ सेसनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली फिल्ममा निर्देशक नहराएको बरु केही फिल्ममा निर्देशक नदेखिने गरेको बताए ।

‘नेपाली सिनेमामा निर्देशक देखिँदैन भनिन्छ तर फरक सिनेमाको फरक जनराको हुन्छ, मैले बनाउने फिल्ममा निर्देशक हराउँछ, हाम्रो फिल्म यो देखिरहेको चीज हो, भोगिरहेको चीज हो भन्ने देखिन्छ,’ उनले भने ।

उनले सिनेमाको जनराअनुसार निर्देशकको काम कम हुने तर्क गरे ।

‘कुनै जनरामा निर्देशकको धेरै काम हुन्छ, कुनै सिनेमामा हुँदैन, कुनै जनरामा निर्देशक हराएजस्तो लाग्छ,’ उनले भने ।

साथै गिरीले उनले फिल्म अरुका फिल्म हेर्दा सिर्जनात्मकता नपुगेजस्तो लाग्ने पनि बताए । उनले नेपाली सिनेमामा विविध समस्या भएको र त्यसैले गर्दा निर्देशकलाई खुम्चिनुपरेको बताए ।

‘निर्देशकले प्लेनमा दृश्यमा खिच्न चाहन्छु, त्यो बेला मैले निर्माताका नाताले निर्देशकलाई तपाईँको कल्पनाशीलतालाई कम गर्नुस् भन्छु ।,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?