मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतले दिन थाल्याे ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

नयाँदिल्ली– भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन शुरु गरेको छ ।

यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दू हुन् र पाकिस्तानबाट भारत आएका हुन् ।

अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दू शरणार्थीहरूलाई शनिबार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए ।

ती शरणार्थीलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसंख्यक समुदायका मानिसहरूलाई भारतीय नागरिकता प्रदान गर्न राज्यको अहमदाबाद, गान्धीनगर र कच्छका जिल्ला कलेक्टरहरूलाई २०१६ र २०१८ को राजपत्र सूचनाहरू जारी गरिएको थियो।

पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर हिन्दु शरणार्थीलाइ भारतले नागरिकता दिने अधिकार दिलाएको छ ।

विज्ञप्तिमा भनिएको छ किऽ यससँगै अहमदाबाद जिल्लामा बसोबास गर्ने पाकिस्तानबाट आएका कुल एक हजार १ सय ६७ हिन्दू शरणार्थीलाई अहिलेसम्म भारतीय नागरिकता दिइएको छ । जिल्ला कलेक्टरको कार्यालयमा आयोजित शिविरमा संघवीले शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गर्दै नयाँ भारतको सपना साकार पार्न मिलेर काम गर्न आग्रह गरेका छन्।

उनले भने, ‘देशको विकास यात्रामा सबैको सहभागिता रहने दृढ संकल्प छ भन्ने आशा छ ।’

संघवीले भारतीय नागरिकता पाएका सबैलाई समाजको मूलधारमा ल्याउन केन्द्र र राज्य सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले अफगानिस्तान, पाकिस्तान र बंगलादेशका उत्पीडित अल्पसंख्यकहरूलाई सजिलै र छिटो भारतीय नागरिकता उपलब्ध गराउन विशेष प्रयास गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?