मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वसन्तपुरमा चीर ठड्याएसँगै होली शुरु

काठमाडौँ– काठमाडौँको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइए यसपालिको होली (फागु पूर्णिमा) पर्व शुरू भएको छ। 

वसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको हो । गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन खण्डे चीर ठड्याइएको हो।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ भने यसको शुरुवात चीर ठड्याएसँगै हुन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समाप्त हुन्छ।

यसवर्ष काठमाडौँ लगायत पहाडी जिल्लाहरूमा चैत ११ गते र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?