मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्यो गलत निर्णय जसले गोविन्दाको करियर ओरालो लाग्यो

काठमाडौँ – बलिउड अभिनेता गोविन्दालाई ९० को दशकमा ‘हिट मेसिन’ कै रूपमा हेरिन्थ्यो । उनले जुन फिल्ममा हात हाल्थे त्यो ब्लकवष्टर बन्थ्यो । 

तर समय सधैँ सबैको वशमा हुँदैन भन्ने भनाई उनको जीवनमा लागु हुन्छ । पछिल्ला समय उनी काम विहीन छन् । २०१९ को फिल्म ‘रङ्गिला राजा’ पछि उनको कुनै पनि फिल्म आएको छैन ।

पहिलो फिल्म हिट भएको एक समय उनको माग यति थियो कि निर्माता, निर्देशक उनलाई फिल्म खेलाउन लाइन लागेर बस्थे ।

समय कस्तो थियो भने म्यागेजिनद्वारा सुनको अन्डा दिने कुखुरा भनेर चर्चा गरिएका उनलाई २१ वर्षको हुँदा कसैले चिन्दैन थिए भने २२ वर्षको उमेरमा उनले ४९ फिल्म साइन गरेका थिए ।

त्यस्तो अवस्थाबाट आजको अवस्था आउनुमा उनी स्वयमलाई कारण मानिन्छ । यस्तै एउटा घटना फिल्म ‘बीबी नं. १’ को हो । यो फिल्मको तयारी गोविन्दालाई नै हेरेर गरिएको थियो भने उनले पनि स्वीकृति जनाएका थिए ।

जब उनले यसमा करिष्मा सहित सुष्मिता सेनको पनि भूमिका छ भन्ने थाहा पाए त्यसपछि सुष्मितालाई बाहिर निकाल्न निर्मातालाई भने । तर सुष्मिता भूमिकाका लागि उपयुक्त भएको भन्दै निर्माता टिम यसका लागि तयार भएन ।

फलतः गोविन्दाले नै फिल्म छाडे । पछि यो स्थानमा सलमान खानलाई लिइयो भने फिल्म ब्लकबष्टर सावित भयो । भनिन्छ यो फिल्म अस्वीकार गरेपछि गोविन्दाका केही फिल्म मात्र चले । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?