मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्मार्टवाच किन्दै हुनुहुन्छ, विचार गर्नुहोस् यी कुरा 

काठमाडौँ– आजभोलि बजारमा नयाँ नयाँ फिचर सहितका धेरै ब्रान्डका स्मार्टवाच पाइन्छन्  । स्मार्टवाच हेर्दा स्टाइलिस तथा बहु उपयोगी पनि हुन्छन् ।

त्यसकारण आजभोलि धेरैजसो युवाहरूको रोजाइमा सामान्य घडीभन्दा स्मार्टवाच नै पर्ने गरेको छ । यदि तपाई स्मार्टवाच किन्दै हुनुहुन्छ भने धेरै कुराहरूमा ध्यान दिनु आवश्यक हुन्छ । 

स्मार्टवाच किन्दा यस्ता कुरामा ध्यान दिनुहोस् :

– स्मार्टवाच किन्दा सबैभन्दा पहिले त्यसमा भएका फिचर्सका बारेमा राम्ररी चेक गर्नुपर्छ । सकेसम्म हेल्थ ट्र्याकर र हर्ट बिट ट्र्याकर भएका स्मार्टवाच मात्रै किन्नुपर्छ । 

– स्लिप ट्र्याकर फिचरसँगै अटो ब्राइटनेस सेन्सर भएका स्मार्टवाच किन्नु राम्रो हुन्छ  । 

– स्मार्टवाचमा फोन गर्न मिल्ने, म्यासेज रिड गर्ने र सोसल मिडिया फिचर्स समेत हुनुपर्छ । 

– यस्तै स्मार्टवाचको ब्याट्री ब्याकअप कम्तीमा ६–७ दिनको हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?