मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ – काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

सडकमा बा ३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?