भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रुपन्देही र मैलौली नगरपालिकाबीच हुनेछ।
बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाबीचको शुक्रबारको सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु ‘म्यान अफ द म्याच’ घोषित भइन् ।
त्यस्तै तीव्र प्रतिस्पर्धाबीच भीमदत्त नपा र मेलौली नपाविचको सेमिफाइनलको खेलमा मेलौलीले भीमदत्तलाई ३७–३१ अंकले पराजित गरेको थियो । उक्त खेलमा मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भइन् ।
प्रतियोगितापछि विजयी खेलाडीहरुलाई पुरस्कार वितरण एवम् समापन कार्यक्रम हुने छ । संघीय सांसद् प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उत्कृष्टहरु पुरस्कृत हुने छन् ।
प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख, तेस्रो र चौथो हुनेलाई रु. ५०–५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा पोखरा महानगरपालिका र भीमदत नगरपालिका तेश्रो भएको छन् । बुटवबाट पोखरा र मेलौलीबाट भीमदत पराजित भएपछि पोखरा र भीमदत दुई नगरपालिकाहरु तेश्रोमा सिमित भएका हुन् ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया