मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाले मात्र प्रवेश पाउने यो अनौठो टापु

काठमाडौँ– प्रायः सार्वजनिक स्थानमा महिला वा पुरुषलाई जान रोक लगाइँदैन । कुनै टापु वा रिसोर्टमा त झन महिला वा पुरुष दुबै सहजै जान सक्छन् ।

तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ पुरुषलाई जान प्रतिबन्ध लगाइएको छ । त्यहाँ महिलाले मात्र प्रवेशको अनुमति पाउछन् ।

फिनल्याण्डको बाल्टिक समुन्द्रमा रहेको सुपर सी नामक टापुमा मात्र महिलालाई जान अनुमति छ । ८ दशमलब ४७ एकड क्षेत्रफलमा फैलिएको सुपर सी टापु यही बर्ष सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

अमेरिकाकी क्रिस्टिना रोथ नामक एक धनाढ्य महिलाले किनेको उक्त टापु महिलाका लागि आरामसंग छुट्टी मनाउन स्थानका रुपमा खोलिएको हो ।

क्रिस्टिनाका अनुसार उक्त टापुमा महिलालाई पुरुषबाट कुनै समस्या हुने छैन, त्यो हरेक महिलाको स्वप्निल स्थानका रुपमा विकशित हुनेछ । उक्त टापुमा महिलाहरुले शारीरीक तन्दुरुस्ति लगायत खानेकुरा तथा अन्य सबै सुविधा पाउनेछन् ।

सुपर सी टापुमा बन्ने रिर्सोटका ४ वटा क्याबिनमा १० जना महिलाले आरामसँग बस्न पाउनेछन् । तर उक्त रिसोर्टमा पैसा तिरेको भरमा मात्र कोठा भने पाइँदैन । त्यसका लागि अन्र्तवार्ता पनि दिनुपर्नेछ । अन्र्तवातामा पास भएका महिलामात्रा त्यहाँ जान पाउँछन् ।

महिलालाई मात्र टापु प्रवेशमा अनुमति दिएर पुरुषलाई रोक लगाउनुको पछाडि कुनै विशेष कारण भने छैन । क्रिस्टिनाका अनुसार आगामि दिनमा पुरुषहरुका लागि मात्र पनि एक टापु किन्ने सोचमा आफू रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?