काठमाडौँ– काठमाडौँमा जारी नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा निर्देशक प्रदीप भट्टराईले समीक्षकसँग निर्माता निर्देशकको वैरभाव आइतवारबाट शुरु हुने बताएका छन् ।
आज (शनिवार) गरिएको ‘फिल्म समीक्षाः ताली गाली’ सेसनमा उनले समीक्षकले फिल्मलाई गाली गरे पनि शुक्रवार फिल्म रिलिज भएपछि आइतवारबाट त्यो सम्बन्ध सुधार हुने बताए ।
कला क्षेत्रलाई गम्भीर रूपमा नलिने गरेको बताएका उनले आफूले भने त्यो बेहोर्नु नपरेको बताए । मिडियासँग दूरी व्यवस्थापन गर्ने गरे यो समस्या नहुने उनको भनाइ छ । यद्यपि मिडियाले समीक्षामा प्रयोग गर्ने शब्दमा उनले गुनासो गरे ।
आफूलाई फिल्म चल्दैनन् भन्ने डर जस्तै लेखेको बिक्दैन भनेर समीक्षाको शीर्षक कडा बनाउनु उपयुक्त नहुने उनको भनाइ छ ।
‘नेपाली समाज नै नकारात्मक हुन थालेको छ,’ उनी भन्छन्, ‘त्याे हामीले नै सिकाएर भएकाे हाे, जसकाे प्रतिविम्ब शीर्षकमा देखिन थालेको छ ।’
अहिलेको यो समय समीक्षकको पनि समीक्षा गर्ने भएको बताएका उनले त्यसतर्फ सचेत हुनुपर्ने घुमाउरो पारामा सम्झाए ।
फिल्म मेकरको एउटै स्वार्थ आफ्नो फिल्म बढी चर्चा होस भन्ने होस भन्ने रहेको उनले बताए । शत्रु गते फिल्म त आफू स्वयमले हेर्न नहुने भनेर समीक्षक साथीहरूलाई सुनाएको सम्झिए ।
किन समीक्षकले मन नपराएका फिल्म पनि चलिरहेका छन् भन्ने प्रश्नमा उनले आफूहरूले दुवै पक्षलाई मन पराउने फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लाग्न बताए । तर समीक्षककै नजरबाट दर्शकले नहेर्ने उनको तर्क छ ।
यता केपी ढुङ्गाना भने यो स्वाभाविक भएको बताए ।
‘समीक्षा र फिल्मको कलेक्सनसँग सम्बन्ध हुँदैन,’ उनले थपे, ‘फिल्मको गुणस्तर व्यापारसँग जाेडिने भए ओस्कारका लागि छान्दा किन धेरै मेहनत गर्नुपर्थ्यो र ?’
यद्यपि समीक्षकको समीक्षा दर्शकहरूले गरिरहेको हुने भएकोले आफ्ना लागि भने महत्त्वपूर्ण हुने उनको बुझाइ छ ।
नकारात्मक शीर्षक किन राखेको भन्दै गाली गर्नेहरूले फिल्म नै नहेर्ने उनको दाबी छ ।
यही प्रसङ्गमा केकी अधिकारीले पहिले पहिले समीक्षाले पोल्ने ग रेपनि अहिले त्यो पात्रका लागि हो भन्ने बुझ्न थालेको बताइन् ।
के बोक्ने केलाई बेवास्ता गर्नुपर्ने नै सिक्न बाँकी रहेको बताएकी उनले समीक्षालाई जसरी हलुका साथ लिइन्छ त्यो भने गलत भएको बताइन् ।
फलतः आफूले पाएको कलम र ठाउँको गलत रूपमा प्रयोग नगर्न सुझाव नै दिइन् । समीक्षकको सोच फिल्म हेर्न नै नजाओस् भन्ने नहुने बताउने उनले समीक्षा हेरेरै फिल्म हेर्न नजाने भन्ने नहुने समेत बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया