काठमाडौँ– काठमाडौँमा जारी नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को सातौँमा अहिले ‘फिल्म समीक्षाः ताली गाली’ सेसन चलिरहेको छ ।
उक्त सेसनमा निर्देशक प्रदीप भट्टराई, अभिनेत्री केकी अधिकारी, पत्रकार केपी ढुङ्गानाले संवाद गरिरहेका छन् । त्यस्तै प्रभाकर गौतमले सहजकर्ताको भूमिका निभाएका छन् ।
यसैबीच निर्देशक प्रदीप भट्टराईले फिल्मले राम्रो र नराम्रो दुवै गर्ने धारणा राखे । उनले समीक्षाका कारण ‘जात्रा’ दर्शकको साथ पाएको अनुभव व्यक्त गरे ।
उनले समीक्षाकै कारणले ‘जात्रा’ ले दर्शकको साथ पाएको बताए ।
‘जात्राले सकारात्मक प्रतिक्रिया पाएर दर्शकको साथ पाए तर मेरो अर्को फिल्म शत्रु गतेले समीक्षकको समीक्षा पनि राम्रो पाएन तर सबैभन्दा बढी कमाइ ग¥यो ।,’ उनले भने ।
संवादका क्रममा अभिनेत्री केकी अधिकारीले नेपाली दर्शक अहिले पनि समीक्षा हेरेकै कारण फिल्म नहेर्ने र समीक्षकले पनि स्वार्थ राखेर समीक्षा लेखिने गरेको बताइन् । उनले कुनै फिल्मको समीक्षा छिटो आउने र कुनै फिल्मको समीक्षा रिलिजकै दिन आइराख्ने धारणा राखिन् ।
‘हामीले फिल्म त निर्माण गरिरहेका छौँ, ती सिनेमाको समीक्षा गर्दा एकतर्फी या स्वार्थ मिसिएको हो कि भन्ने लाग्छ,’ केकीले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया