मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि

काठमाडौँ– नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदै छ ।

‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष  सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो ।

मार्टिन म्याकडोनागले निर्देशन गरेको फिल्म  ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन गर्दै सुरू गरिने उक्त महोत्सवमा एउटा नेपाली र युरोपियन गरी दुई चलचित्र प्रदर्शन गरिने छन् । महोत्सव अवधिभर नौ युरोपियन र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । 

महोत्सवमा युरोपियन चलचित्रतर्फ मार्टिन म्याकडोनागले निर्देशन गरेको  ‘द ब्यानशीस अफ इनीशेरीन’, मेरियन ब्लिचरले निर्देशन गरेको ‘मिस भिर्बोग’, इम्यानुएल प्रभुको ‘मिकादो’, पिलर पालोमेरोले निर्देशन गरेको ‘स्कुल गर्ल्स्, एन्टोनियो लुकीचले निर्देशन गरेको ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’, इभान ओस्ट्रोचोभ्स्कीले निर्देशन गरेको ‘सरभेन्टस’, भिक्टर बोजिनोभलले गरेको ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’, जाइदा बरग्रोथले निर्देशन गरेको ‘टोभ’ र रोड्रिगो सोरोगोएनले निर्देशन गरेको ‘द बीस्ट’ प्रदर्शन गरिने छन् ।

महोत्सवमा नेपाली चलचित्रतर्फ शान्ता नेपालीको ‘डाय ड्रिम्स’, गोपाल आचार्यको ‘डिभिनेसन’, समाल बज्राचार्यको ‘हावाम्यान’, निमा गेलु शेर्पाले निर्देशन गरेको ‘काठमाडौँ मनसुन’, अतिन श्रेष्ठको ‘मखमली उडान’, रजिन महर्जनको ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरीको ‘रातो पछ्यौरी’, आकाङ्क्षा कार्कीले निर्देशन गरेको ‘सनाई’, स्वोयन मास्के मानन्धरले निर्देशन गरेको ‘द बुल, द काउ, द काल्फ’, सन्तोष दाहालको ‘द मिराज’ र अनिल कुर्मीले निर्देशन गरेको ‘रिल’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

काठमाडौँपश्चात् यही चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम विश्वविद्यालयको हल, २०८१ वैशाख ३ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा वैशाख ७ र ८ गते कर्णाली प्रदेशको सुर्खेत, वीरेन्द्रनगरमा पनि चलचित्र देखाइने महोत्सव आयोजकले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?