मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्नै अल्ट्रासोनिक फिङ्गरप्रिन्ट टेक्नोलोजी विकास गर्ने बाटोमा हुवावे

काठमाडौँ – चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे आफ्नै अल्ट्रासोनिक फिङ्गरप्रिन्ट टेक्नोलोजी विकास गर्ने दिशामा अघि बढेको छ ।

हाल गुडिक्सको सलुसन्समा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने सङ्केत गर्दै उसले नयाँ “अल्ट्रासोनिक फिङ्गरप्रिन्ट” सेन्सरको लागि पेटेन्ट अनावरण गरेको हो। 

“अल्ट्रासोनिक फिङ्गरप्रिन्ट रिकगनिसन मोड्युल, सिस्टम एण्ड इलेक्ट्रोनिक डिभाइस” शीर्षक रहेको सो पेटेन्टमा  सेन्सर डिजाइनको विवरणका साथै कसरी यसमा फिङ्गरप्रिन्ट आईडेन्टिफिकेसन एक्युरेसी सुधारिएको छ भन्ने उल्लेख छ ।

त्यस्तै सेन्सरको निर्माण, स्ट्याक्ड कमन इलेक्ट्रोड, पिजोइलेक्ट्रिक लेयर र पिक्सेल इलेक्ट्रोड युनिटहरूको एर्रे सहित प्राविधिक विवरणहरू समेत यसमा समावेश गरिएको छ ।

यसले अन्य कम्पनीहरूको पेटेन्टमा निर्भरताबाट मुक्त गर्न मद्दत पुर्‍याउने उल्लेख गरिएको छ।

हाल यस्तो प्रविधिको सेन्सरहरू विशेष गरी सामसङको फ्ल्यागशिप एस–सिरिजका स्मार्टफोनहरू जस्ता केही हाई–इन्ड फोनहरूमा प्रयोग गर्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?