मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय अभिनेता अमिताभ बच्चनको एन्जियोप्लास्टी शल्यक्रिया

काठमाडौँ – भारतीय अभिनेता अमिताभ बच्चनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ ।

यसबारे ट्विट गदै अमिताभले भनेका छन्– ‘तपाईँलाई सधैँ धन्यवाद ।’ सर्जरीपछि यो ट्विटमार्फत उनले शुभचिन्तकलाई धन्यवाद दिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको भारतीय मिडियाहरुकाे दाबी छ ।

८१ वर्षीय अभिनेतालाई शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । यद्यपि उनी यसअघि पनि पटक पटक अस्पताल भर्ना हुने गरेका छन् । 

सन् २०२२ मा ‘कौन बनेगा करोडपति १४’को शोका क्रममा अमिताभको खुट्टाको नशा धातुको ब्लेडले काटिएको थियो । त्यतिबेला रगत निकै बगेको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

सन् २०२० मा कोभिडबाट संक्रमित भएर उनी दुई महिनासम्म उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । यसपछि सन् २०२२ मा पनि उनी कोभिड सङ्क्रमित भए ।

त्यस्तै सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा एक्सन दृश्य गर्दा उनको काँधमा चोट लागेको थियो । यद्यपि त्यो चोट गम्भीर थिएन । उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो तर उनले दृश्य आफैँ गर्ने निर्णय गरे ।

सन् २००० मा अमिताभलाई हेपाटाइटिस बी भएको पत्ता लाग्यो । फिल्म ‘कुली’को सेटमा भएको दुर्घटनापछि बिग बीलाई रगतको आवश्यकता हुँदा रक्तदाताको भीड थियो । उनलाई २ सय दाताबाट ६० बोतल रगत दिइएको थियो ।

सन् २००० मा अमिताभको पेटमा कडा दुखाइ महसुस भयो । अस्पतालमा जाँदा उनको आन्द्रामा समस्या भएको पत्ता लाग्यो जसको लागि उनले आन्द्राको शल्यक्रिया गरेका थिए ।

दुर्घटना हुनुअघि पनि अमिताभ बच्चनलाई कलेजोमा समस्या थियो र दमको रोग पनि थियो । शल्यक्रियाको भोलिपल्टै उनलाई निमोनिया भयो जसले उनको अवस्था बिग्रियो । बैंगलोरमा उपचारपछि उनलाई एयरबसबाट मुम्बई लगिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?