मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् डाक्टरलाई बोल्न नहुने झुट

हाम्रो स्वास्थ्यमा खराबी आएपछि हामी चिकित्सककहाँ परामर्श लिन पुग्ने गर्दछौ । जहाँ चिकित्सकहरूले हाम्रो जीवनशैली,को सम्बन्धमा सोधपुछ गर्ने गर्दछन् ।

तर हामी सबै सत्यता ओकल्दैनौ । चिकित्सकले गाली गर्ने डरले हामी धेरै कुरा लुकाएर बोल्छौ । र यो कुरा हो पनि । बिरामीले जनरल फिजिसियनलाई सधैँ सत्य तथ्य बताउँदैनन्।

हामीले जति मदिरा पिए पनि चिकित्सकको अगाडि कहिलेकाहीँ पार्टीमा पिउने गरेको भन्छौँ । त्यस्तै नियमित चुरोट सेवन गर्नेले पनि साताको एक पटक भन्ने तयारी जवाफ आउँछ ।

त्यस्तै डाइट खाने सवालमा पनि हामीले आफूलाई धोका दिएका हुन्छौँ । अनि दाबी गर्छौँ – ‘चराले जस्तै खाँदा पनि तौल बढ्यो ।’

हामीले चिकित्सकसँग बोल्न नहुने यी झुट :

म आफ्नो काम र सम्बन्धमा खुसी छु

कचकचे हाकिम, कामको चाप लगायतले हाम्रो स्वास्थ्यमा हानी गरिरहेको हुन्छ । तैपनि मानिसहरूले यसको प्रभावलाई अवमुल्यांकन गरेका छन्।

तसर्थ आफूलाई आनन्द लाग्ने काम छैन भने यसलाई ‘सुन्दर’ भनेर बढाइचढाइ नगर्नुहोस्। तपाईंंलाई चैन छैन वा रमाइलो लाग्दैन भने त्यो काम राम्रो होइन ।

त्यस्तै असफल विवाह वा व्यक्तिगत जीवनका कारण पनि तपाईँले तनाव भोगेको हुनुपर्छ । तपाईँको जागिर वा पार्टनरले तपाईंंलाई खुसी दिएको छैन भने छैन भन्न सक्नु कमजोरी होइन । 

यदि तपाईँले चिकित्सकलाई सत्य भन्नुभयो भने तनाव व्यवस्थापन गर्ने विभिन्न प्रकारका सहयोग प्रदान हुन सक्छ । सबै कुरा प्रस्ट भन्दा धेरै परीक्षण पनि गर्नुपर्दैन ।

थौरै खाँदा पनि तौल बढ्यो

बिरामीको यो वाक्यांश चिकित्सकहरूले बारम्बार सुन्ने गरेका छन् । हामीले खाने क्यालोरीको वास्तविक परिणामबारे हामीले आफैलाई ढाँटेका हुन्छौ । जस्तै जिमखानाको सदस्य हुँदैमा जिमखाना गएका हुन्छौँ भन्ने हुन्न।

एउटा तितो सत्य के हो भने उपचारका बहानामा हामीले घेरै झुट बोलेका हुन्छौँ । तर झुटले हामीलाई गलत उपचार प्रणालीतर्फ धकेल्न सक्छ ।

उदाहरणको लागि यदि तपाईँको उच्च रक्तचाप छ भने सुरुमा चिकित्सकले तपाईँलाई जीवनशैली परिवर्तन गर्न सुझाव दिन सक्छ ।

तर तपाईँले चिकित्सकलाई ढाँट्नु भयो भने चिकित्सकले यस चरणलाई बाइपास गर्न सक्छ र प्रारम्भिक चरणमा नै औषधि दिन सक्छ ।

म साताको एक पटक मात्र पिउँछु र चुरोट खान्छु

धुमपान र मदिरा सेवनबारे बिरामीहरूले चिकित्सकलाई सबैभन्दा धेरै ढाँट्ने कुरा हो ।

चिकित्सकले सुरुमा नै बिरामीको जीवनशैलीलाई मूल्याङ्कन गर्दछन् । कतिपय बिरामीले आफूले कहिलेकाहीँ चुरोट पिउने बताउँछन् भने केहीले साताको एक पटक पिउने गरेको बताउँछन्। मदिरा सेवन र धुमपान रोगका लागि खतरनाक तत्त्व हुन्।

मैले औषधि खाइरहेको छु

प्राय बिरामीहरूले आफूले खाएको औषधिको बारेमा ढाँट्ने गर्छन् । अमेरिकाको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार आफूले खाने औषधिको मात्रा ढाँट्दा वर्षेनी ३० करोड डलर बराबरको रकम थप खर्च हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?