मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको इयरबड्स सक्कली हो कि नक्कली, यसरी पत्ता लगाउनुहोस्

काठमाडौँ– पछिल्लो समयका युवाहरूमा इयरबड्स धेरै लोकप्रिय छ । महँगो भए पनि गुणस्तरीय हुने भएकाले धेरैजसो मानिसहरूले एप्पलको इयरबड्स किन्न चाहन्छन् ।

तर एप्पलको इयरबड्सको लोकप्रियताको फाइदा उठाउँदै बजारमा नक्कली एयरबड्स पनि उत्तिकै छन् । त्यसकारण आज हामी तपाइलाई वास्तविक र नक्कली उत्पादन कसरी थाहा पाउने भन्नेबारे जानकारी दिँदै छौ । 

तपाईँको इयरबड्स सक्कली हो कि नक्कली, यसरी पत्ता लगाउन सकिन्छ :

प्याकेजिङः इयरबड्स सक्कली हो या नक्कली भन्ने कुरा थाहा पाउने सजिलो तरिका प्याकेजिङ हेर्नु हो । 

सिरियल नम्बर: वास्तविक इयरबड्सको बक्समा सिरियल नम्बर हुने गर्छ । तपाईँले उत्पादन खरिद गर्नुअघि एप्पलको सिरियल नम्बर चेकर पेजबाट हेरेर एयरपड्स वास्तविक हो वा होइन निश्चित गर्न सक्नुहुन्छ ।

रङ र बनावटको गुणस्तर: एप्पलले सार्वजनिक गरेका रङबाहेकका अन्य एयरबड्स नक्कली हुन सक्छन् । यसका लागि तपाईँले एप्पलको आधिकारिक वेबसाइटमा रङबारे जानकारी लिन सक्नुहुन्छ । 

आवाजको गुणस्तर: नक्कली इयरबड्सको अ‌डिओको गुणस्तर नराम्रो हुनुका साथै आवाज स्पष्ट नआउने समस्या हुन्छ । कतिपय अवस्थामा एयरपड्सको माइक्रोफोनले समेत काम नगर्ने अवस्था समेत आउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?