मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । 

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको  कामपाले जनाएको छ ।  

उक्त कार्यको सुरुआत पाँच वटा वडाबाट भएको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं.६ बौद्ध (प्राचीन नाम खस्योरः ÷ खास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं १८ नरदेवी (प्राचीन नाम ङेतः) र वडा नं २४ मखन (प्राचीन नाम मखं) को नाम खोजी भइसकेको छ । 

संयोजक सङ्गतले भने, “सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गयो । काठमाडौँको पहिचान जोगाउन यो कार्यक्रम अगाडि बढाइएको हो ।” 

विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो । 

विभिन्न कारणले अर्कै स्वरूपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अङ्ग्रेजी भाषामा नामपाटी राखिनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?