मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल

केपी ओलीले भने– महाभारत एउटा कथा हो, महाकाव्य हो

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘महाभारत’ एउटा काल्पनिक कृति भएको बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको सेसन ‘सिनेमा संवाद’ मा राजेश हमालले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले महाभारत एक कथा भएको र अझ कथा मात्र नभएर त्यतिबेलाको महाकाव्य भएको बताए ।

‘महाभारत कथा हो, युद्ध त अलिअलि भयो होला तर यो एउटा महाकाव्य हो,’ उनले भने ‘महाभारत कथा हो, मान्छे यस्तो गरेर भक्ति मार्गमा बसिरहेको हुन्छ, त्यतिबेला भगवत् गीता सुनिरहेको हुन्छ, तपाईँले कथा सुन्दै हुनुहुन्छ भनेर भनिरहेका छन्, पण्डितले कथा भन्दा पनि मैले म प्रत्यक्ष भगवान् ठानिरहेको छु ।’

उनले अगाडि थपे, ‘महाभारत यस्तो गरी यसको रचना गरिएको छ, अहिले त हिन्दी टेलिसिरियल र सिनेमाले चिन्ने बनाइसक्यो । यसै पनि मान्छेले हिजो पनि कृष्णको कल्पना गर्थे, धृतराष्ट्रको परिकल्पना गर्थे, त्यो सबै अनुमान गर्थे ।’

साथै उनले ‘आर्ट अफ लिभिङ’ समाज चलाउने कला भएको बताए । उनले अगाडि थपे, ‘कलाकारले कलाकारिता गर्ने, दर्शक नहुने हो भने त्यसको के काम? दर्शक नराख्ने र गीत गाइरहने हो भने बाँसुरी गोपिनी नभए कृष्णले बाँसुरी बजाउँथे ?’

उनले मानवीय जीवनमा यथार्थ रहेको बताए । उनले अवस्था जे छ, त्यही नै यथार्थ भएको बताए । कला भने परिकल्पना, कथा र अभिनय भएको समेत बताए ।

‘जीवन अभिनय गरेर चल्दैन, प्रेम नभए पनि प्रेमको अभिनय गरेर फिल्म चल्छ भने राजनीति त्यस्तै हुँदैन,’ ओलीले भने ।

काठमाडौँमा यतिबेला सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल चलिरहेको छ । फेस्टिभलको आजको सेसनमा केपी ओली र अभिनेता राजेश हमालले संवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?