मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

सिन्धुली– सिन्धुलीमा सुनकोसी गाउँपालिका–१ दुम्जा डाँडास्थित बीपी पार्कस्थित नेपाल टेलिकमको टावरमा बम विस्फोट भएको छ। आज बिहान करिब ३ बजेतिर कुकर बम विस्फोट भएको हो।

विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ। प्रहरीले कुकरको बिर्को झ्यालमा अड्किएको र कुकरको भाग भुईँमा रहेको अवस्थामा फेला पारेको छ।

नजिकै पेट्रोलको गन्ध आउने दुई वटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?