मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी अभिनेत्रीलाई बुहारी बनाउन चाहन्थिन अक्षयकी आमा

काठमाडौँ – बलिउड स्टार अक्षयकुमार अहिले आफ्नो आगामी फिल्म ‘बडे मिया,छोटे मिया’ का कारण खबरहरूमा छाइरहेका छन् ।

यद्यपि उनी विगतबाटै फिल्मी कारणले मात्र नभई पारिवारि र निजी कारणले पनि चर्चामा रहिरहने पात्र हुन । उनको नाम बलिउडका कयौँ अभिनेत्रीसँग जोडिदा रवीना टण्डन र शिल्पा शेट्टीलाई त धोका नै दिएको आरोप उनीमाथि छ ।

हुन पनि यी दुई अभिनेत्रीले त्यसपश्चात् कयौँ वर्षसम्म अक्षयसँग कुराकानी समेत गरेका थिएनन् । यसैबीच अहिले एउटा पुरानो आर्टिकल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जसमा अक्षकी आमा अरुणा भाटिया कसलाई आफ्नो बुहारी बनाउन चाहन्थिन भन्ने दाबी गरिएको छ । आर्टिकलका अनुसार शिल्पा शेट्टीलाई अक्षयकी आमा धेरै माया गर्थिन । उनको मिलनसार र व्यावहारिक स्वभाव देखेर अक्षयकी आमा बुहारी बनाउन चाहन्थिन् । 

यी दुईको सम्बन्ध हेर्दा  ‘मैं खिलाड़ी तू अनाडी’ र ‘इन्साफ’ जस्ता फिल्ममा काम गर्दागर्दै उनीहरूको मित्रता प्रेममा बदलिएको थियो ।

भनिन्छ उनीहरूको ब्रेक अप त्यति सहज थिएन । यसका लागि  अक्षयले राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्विंकल खन्नासँग रोमान्स सुरु गरेको समाचार मुख्य कारण थियो ।

यही कारणले शिल्पालाई अक्षयसँगको सम्बन्ध तोड्न बाध्य बनायो। आखिर अक्षयको भने ट्विंकलसँग विवाह नै भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?