मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्नै रेकर्ड तोडदैँ अजय देवगनको ‘शैतान’ १०० करोडको क्लब नजिक

काठमाडौँ –  अजय देवगन, आर माधवन र ज्योतिकाको फिल्म ‘शैतान’ गत मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो।

यो फिल्म रिलिज भएको ७ दिन भैसकेको छ तर फिल्मको घरेलु र विश्वव्यापी कलेक्सन हेर्दा यो फिल्म छिट्टै अजय देवगनको अर्को १०० करोड कमाउने फिल्म बन्ने देखिएको छ । 

यो फिल्मले छैटौँ दिनमा पुग्दा अजय देवगन कै अर्को फिल्म ‘दृश्यम’ को रेकर्ड तोडेको छ । दोस्रो सप्ताहान्त नजिक छ र फिल्मले जसरी कमाइ गरिरहेको छ, त्यो हेर्दा यो फिल्मले छिट्टै अजय देवगनको अर्को फिल्मको विश्वव्यापी रेकर्ड तोड्ने देखिन्छ, त्यो पनि घरेलु बक्स अफिसमा कमाई गरेर ।

सैकनिल्कको रिपोर्ट अनुसार ‘शैतान’ ले पहिलो दिन १४.७५ करोड कमाएको थियो। दोस्रो दिन १८.७५ करोड, तेस्रो दिन २०.५ करोड, चौथो दिन ७.२५ करोड, पाँचौँ दिन ६.५ करोड र छैटौँ दिन ६.२५ करोड कमाएको छ । 

फिल्मको सातौँ दिनको बक्स अफिस कलेक्सनसँग सम्बन्धित प्रारम्भिक तथ्याङ्क पनि बाहिर आएको छ, जसअनुसार फिल्मले अहिलेसम्म ३ करोड १६ लाखको व्यापार गरेको छ । फिल्मले अहिलेसम्म ७७.१६ करोड कमाइ सकेको छ ।

सन् २०१५ मा रिलिज भएको अजय देवगनको फिल्म ‘दृश्यम’ को लाइफटाइम कलेक्सन करिब ६७ करोड थियो। जसलाई ‘शैतान’ले छैटौँ दिनमा ७४ करोड भन्दा बढी कमाई गरेर तोडेको थियो । फिल्मले जसरी दैनिक ६ करोडको आँकडा पार गरिरहेको छ, त्यो हेर्दा छिट्टै फिल्मले २०१० मा रिलिज भएको  ‘वन्स अपन अ टाइम इन मुम्बई’को विश्वव्यापी बक्स अफिस कलेक्सनको रेकर्ड तोड्ने देखिन्छ ।

बलिउड हंगामाका अनुसार १४ वर्षअघि रिलिज भएको यो फिल्मले विश्वभर ८२.१३ करोड कमाएको थियो । विश्वव्यापी कलेक्सनको हिसाबले  ‘शैतान’ ले १०० करोडको आँकडा पार गरिसकेको छ । तर चाखलाग्दो कुरा के छ भने ‘शैतान’ को घरेलु सङ्कलन मात्रै यति हुन गइरहेको छ कि ‘वन्स अपन अ टाइम’ को विश्वव्यापी सङ्ग्रह पनि सुरक्षित छैन।

यो फिल्मपछि अजय देवगन फेरि एकपटक अप्रिलमा  ‘मैदान’ लिएर सिनेमाघरमा आउँदै छन् । यसपछि उनको ‘रेड २’ र ‘सिंघम अगेन’ पनि यसै वर्ष रिलिजको तयारीमा छन् । यी फिल्महरू पछि अजयको अर्को फिल्म ‘दे दे प्यार दे’ पनि मे १, २०२५ मा रिलिज हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?