मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो कोलेस्ट्रोल ? कसरी पत्ता लगाउने ?

कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । सरल भाषामा भन्नुपर्दा रगतमा पाइने बोसोलाई कोलेस्ट्रोल भनिन्छ । यसले प्रत्येक कोसीकालाई जीवित राख्न मद्दत गर्छ । त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो, जुन कलेजोले उत्पादन गर्छ ।

हरेक दिन कलेजोले एक वयस्क व्यक्तिमा पन्ध्र सय मिलिग्राम कोलेस्ट्रोल उत्पादन गर्छ । शरीरमा ८५ प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल खानाबाट प्राप्त हुन्छ ।

तर शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्त धमनीमा अवरोध पैदा गरी मुटुसम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको जोखिम बढाउँछ ।

कोलेस्ट्रोलको प्रकार

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् । एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) अर्थात खराब कोलेस्ट्रोल, एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) अर्थात् राम्रो कोलेस्ट्रोल र एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) ।

एलडीएललाई खराब कोलेस्ट्रोल पनि भन्ने गरिन्छ । सेचुरेटेड फ्याट (निश्चित तापमानमा मात्र पग्लिने बोसो)को अधिक सेवन, कोलेस्टेरोलयुक्त खानपान, अत्यधिक जंकफुडको सेवन, कलेजोमा कोलेस्ट्रोलको बढ्ता उत्पादन र गुलियो खानेकुरा एवं मद्यपानको अत्यधिक सेवनले खराब कोलेस्ट्रोल बढ्छ । एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ ।

कोलेस्ट्रोल कसरी पत्ता लगाउने ?

शरीरमा कति कोलेस्टोल छ भनेर लिपिड प्रोफाइल परीक्षण गरेर थाहा पाउन सकिन्छ । रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने समूहगत जाँचलाई लिपिड प्रोफाइल भनिन्छ ।

जुन खाली पेटमा गर्नुपर्छ । सामान्यतया रगतमा कोलेस्ट्रोलको मात्रा दुई सय मिलीग्राम प्रतिडेसिलिटरभन्दा कम भएमा त्यसको स्तरलाई सामान्य मानिन्छ र योभन्दा बढी भएमा सावधानी अपनाउनुपर्ने हुन्छ । यी समस्या भएमा कोलेस्ट्रोलको समस्या हुनसक्छ ।

उच्च रक्तचाप, मोटोपन वा थाइराइड गडबडी जस्ता कुनै समस्या भएमा, परिवारमा कसैलाई मुटुरोग भएमा, रगतमा कोलेस्ट्रोलको उच्च स्तर भएको पारिवारिक इतिहास भएमा, अत्यधिक मदिरा सेवन गरेमा वा परिवार नियोजनका लागि पिल्स चक्की लामो समयसम्म खाइरहने गरेमा मानिसहरूलाई हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?