मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागलुङको बरेङमा आगलागी, बस्ती उच्च जोखिममा

जोयनेपाल
169
Shares
बरेङ गाउँपालिकाको भवन

बागलुङ – बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् ।

तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निमाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उनले बताए ।

मान्द्रेढुङ्गाबाट सुरु भएको आगो सारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिए । आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

“भीषण रुपमा आगलागी भएको छ । गाउँका सबै नागरिक आएर आगो निभाउने प्रयास गरीरहेका छौँ । ठूलो हावाहुरी चलेकाले नियन्त्रणमा लिन सकिएको छैन । आगो बाटाकाचौरको सारदा मावि र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ”, बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले भने, “आगलागी नियन्त्रणका लागि प्रहरीको टोली पनि आएको छ । थप आउने क्रममा रहेको जानकारी पाएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?