काठमाडौँ– फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सामाजिक सञ्जालमार्फत एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो ।
फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाहले निश्चल खड्कासँग रोमान्स गरेकी छिन् । निश्चलका लागि यो पहिलो फिल्म पनि हो ।
सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको शीर्ष भूमिका रहेको छ ।
फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यस्तै अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य छ ।
ट्राभल लभस्टोरीको कथा प्रस्तुत गर्ने भनिएको यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया