काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार भुवन केसीले राज्यले नेपाली फिल्म उद्योगलाई महत्त्वका साथ नहेरेको गुनासो गरेका छन् ।
बिहीवार (आज) काठमाडौँमा आयोजित नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।
‘भन्दा त देशको गहना, कला संस्कृति धेरै भनिन्छ, तर यथार्थमा यो क्षेत्रलाई अगाडि लैजानका लागि मेहनत गरेको देखिँदैन,’ उनले भने ।
साथै उनले फेस्टिभलहरु आयोजना गर्न नेपालमा आर्थिक रुपमा निकै गाह्रो हुने बताए ।
उनले नेपालमा यस्ता ठूला महोत्सवहरु आयोजना गर्न सरकारले नै बजेट छुट्याएर आर्थिक सहयोग गर्नुपर्ने पनि बताए । त्यस्तै उनले चलचित्र विकास बोर्डले सक्दो सहयोग गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया