मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता नीर शाह सांस्कृतिक महासंघको सल्लाहकारमा मनोनित

काठमाडौँ – नेपाल सांस्कृतिक महासंघको सल्लाहकार फिल्म निर्देशक तथा अभिनेता नीर शाह मनोनित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको बुधबार बसेको बैठकले शाहसहित पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको जनाएको छ ।

पाँच सदस्यीय सल्लाहकार समितिमा साहित्यकार डा। ध्रुवचन्द्र गौतम, फिल्म निर्देशक तथा अभिनेता नीर शाह, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईं र गायक कृष्णसुधा ढुंगाना मनोनयन भएका हुन् ।

बैठकले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको छ । समितिमा महामन्त्री जोगिन्दर शिवशंकर र कलाकार, निर्माता र वितरक गोविन्द शाही छन् ।

अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग गठन गरिएको छ ।

प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र महासंघ विधान संशोधन महासमिति संयोजकत्वमा कृष्णगोपाल केसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?