मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्नुहोस् युट्युबमा भिडियो स्लो हुने समस्याको समाधान 

काठमाडौँ– पछिल्लो समय मनोरञ्जनको साधनको रूपमा युट्युब लोकप्रिय तथा सजिलो माध्यम बनेको छ । तर कहिलेकाहीँ भिडियो अड्किने, स्लो हुने वा नचल्ने समस्याले प्रयोगकर्ता दिक्क हुने गर्दछन् ।

आज हामी तपाइलाई युट्युब चलाउँदा आउने समस्यालाई कम गर्न उपायका बारेमा जानकारी दिँदै छौँ । 

यसरी कम गर्नका लागि अपनाउनुहोस् यस्ता उपाय :

– सुरुमा तपाईँको फोन, डेक्सटप, ट्याब्लेटमा ब्राउजर खोलेर त्यसमा युट्युब खोल्नुहोस् ।

– युट्युबको देब्रे साइडको माथि पट्टी रहेको तीन धर्का भएको मेनुमा क्लिक गर्नुहोस् । 

यदि तपाई स्मार्टफोन प्रयोगकर्ता हो भने हिस्ट्रीमा क्लिक गरी क्लियर ब्राउजिङ डाटा गर्नुपर्छ  । 

यदि डेक्सटपको प्रयोग गरिरहनुभएको छ भने, ‘मोर’ टुल्समा क्लिक गरी क्लियर ब्राउजिङ डाटा गर्नुहोस् । 

एन्ड्रोइड, म्याक र पीसीका प्रयोगकर्ताले समय सीमा छनोट गरी डेटा हटाउन सक्नुहुनेछ । 

त्यसपछि त्यहाँ देखाइएका अप्सनहरू मध्य ‘कुकिज एण्ड साइड डेटा’ वा ‘केच इमेज एण्ड फाइल’ छनोट गर्नुहोस् । अन्त्यमा क्लियर डेटा गरेर युट्युबको भिडियो स्लो हुने समस्या कम गर्न सक्नुहुनेछ । 

यस्तै युट्युबको क्वालिटी परिवर्तन गरेर पनि स्लो हुने समस्याको समाधान गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?