मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउथको एउटा यस्तो फिल्म, जो १४ भाषामा हुँदै छ रिलिज

काठमाडौँ –  फ्यानले केजीएफको दुनियाँलाई निकै मन पराएपछि पुष्पाको राज पनि फ्यान माझ लोकप्रिय भए । यति मात्र होइन कान्ताराको रहस्यमय संसार पनि फ्यानको मनमा बस्यो । 

तर २०२४ मा साउथबाट एउटा फिल्म आउन लागेको छ जसमा पुष्पा, केजीएफ र कान्तारा जस्ता फिल्मलाई कडा टक्कर दिने देखिन्छ । केही समयअघि जब यो फिल्मको पहिलो झलक रिलिज भएको थियो, तब केही ठुलो हुने सङ्केत देखिएको थियो । 

यति मात्र होइन, अब यो डरलाग्दो फिल्ममा साउथकी एक ठूला अभिनेत्री देखिने छिन् ।  यी हुन् बाहुबली फिल्ममा काम गर्ने नायिका । त्यसयता फिल्मलाई लिएर दर्शकमाझ उत्साह छाएको छ ।

अनुष्काले सन् २००५ मा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले तमिल र तेलुगु सिनेमामा काम गरेकी छिन् तर मलयालम फिल्ममा काम गर्ने यो पहिलो पटक हुनेछ ।

यस फिल्मको नाम ‘कटनार–द वाइल्ड सोर्सर’ हो । फिल्ममा अनुष्का शेट्टीका साथै जयसूर्या र विनीत पनि देखिने छन् । यसरी फिल्म कटानारको स्टारकास्ट निकै बलियो बनेको छ ।

आफ्नो इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै अनुष्का शेट्टीले लेखेकी छिन्, ‘कटनारको संसारमा प्रवेश, द वाइल्ड सोर्सर।’ यसरी फेरि एकपटक अनुष्का शेट्टीको उत्कृष्ट अभिनय कौशल देख्न सकिनेछ ।

‘कटानार’ मलयालम फिल्म हो, जसलाई रोजिन थॉमसले निर्देशन गर्दै छन्। कटनार १४ भाषामा रिलिज हुने तयारीमा छ, जसअनुसार अंग्रेजी, तमिल, तेलुगु, हिन्दी, बंगाली, कन्नड, चाइनिज, फ्रेन्च, कोरियन, इटालियन, रुसी, इन्डोनेसियाली र जापानीज।

यसका लागि विशेष तयार पारिएको ४५ हजार स्क्वायर फुटको स्टुडियोमा यो फिल्मको छायांकन गरिएको हो । कटानारको बजेट करिब ९० करोड रुपैयाँ रहेको बताइएको छ । फिल्मको पहिलो झलकमा देखिएका ग्राफिक्स साँच्चै शानदार छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?