मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज विश्व मिर्गौला दिवस मनाइँदै

काठमाडौँ– आज विश्व मिर्गौला दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइँदै आएको छ ।

नेपालमा पनि आज विभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै छन् । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा यस वर्षका लाागि तय गरिएको छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डी र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्ने गर्छ ।

मृगौलाले शरीरको फोहोर पदार्थ हटाउने काम गर्छ । यसले रगतमा बनिरहेको टक्सिनलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।

यसले इलेक्ट्रोलाइट र रक्तचापलाई पनि सन्तुलित राख्छ । मृगौलाले नै शरीरमा बन्ने खतरनाक रसायन युरिया र युरिक एसिडलाई पिसाबको माध्यमले बाहिर निकाल्ने काम गर्छ ।

यसबाहेक मृगौलाले विभिन्न प्रकारको पोषक पदार्थ ग्लूकोज, एमिनो एसिड, बायकार्बोनेट, सोडियम, पानी, फस्फोरस, क्लोराइड, म्याग्नेसियम र पोटासियमलाई रगतबाट शोषित गरेर शरीरका अन्य हिस्सामा पुर्‍याउने गर्छ ।

अन्तर्राष्ट्रिय रिपोर्ट अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौला रोगले सताएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?