मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओस्कार विजेता फिल्म‘ओपनहाइमर’ ले कति कमायो?

काठमाडौँ– यस वर्षको ९६ औँ ओस्कार अवार्डमा फिल्म ‘ओपनहाइमर’ ले सर्वाधिक सात विधामा अवार्ड हात पार्‍यो ।

‘ओपनहाइमर’ ले बेस्ट पिक्चर अवार्डका साथै यही फिल्मबाट निर्देशक क्रिस्टोफर नोलेनले बेस्ट डाइरेक्टरको अवार्ड समेत जिते । यस्तै किलियन मर्फेलाई बेस्ट एक्टरको उपाधि दिइयो भने रोबर्ट डाउनर जुनियरले बेस्ट सपोर्टिङ एक्टरको उपाधि चुमे ।

सात विधामा अवार्ड जितेपछि यो फिल्मले व्यापक चर्चा कमायो ।

यो फिल्म विश्वभर नै चर्चामा रह्यो । ट्रेलरपछि नै फिल्मले एकाएक हाइप लिएको थियो । रिलिजपछि पनि फिल्मलाई लिएर निकै चर्चा भयो ।

दोस्रो विश्वयुद्धका बेलाको विषय समेटिएको यो फिल्ममा भौतिकशास्त्री रोबर्ट ओपनहाइमरको वास्तविक कहानीलाई फिल्ममा उतारिएको छ ।

उनले विश्वमै सबैभन्दा पहिले अणु बम निर्माणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि विश्वमा अणु बमको युग शुरु भएको थियो । अहिले विश्वका धेरै शक्तिशाली देशसँग अणु बम छन् । अणु बमले एकैछिनमा ठूल्ठूला शहर नष्ट गर्ने क्षमता राख्छ ।

‘फादर अफ द एटोमिक बम’ भनिने तीनै ओपनहाइमरको जीवनीमा फिल्म ‘ओपनहाइमर’ निर्माण गरिएको हो ।

फिल्ममा किलियन मर्फीले ओपनहाइमरको भूमिका निभाएका छन् ।

बक्स अफिस मोजोका अनुसार फिल्मले हालसम्म ९ सय ५८ मिलियन डलर कमाइ गरेको छ । अर्थात्, यो फिल्मले नेपाली रुपैयाँ १ खर्ब २७ अर्ब १० करोड ९५ लाखभन्दा बढी कमाइ गरेको छ ।

हालसम्म ओस्कार अवार्ड पाउने फिल्ममध्ये यो फिल्म कमाइका हिसाबले दोस्रो नम्बरमा पर्छ । यसअघि ओस्कार विजेता फिल्म ‘लर्ड अफ द रिङः द रिटर्न अफ द किङ’ ले १ हजार १ सय ४० मिलियन डलर कमाइ गरेको थियो । यो फिल्मले सन् २००३ मा ओस्कार जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?