मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानमा निजी क्षेत्रले अन्तरीक्षमा पठाएको रकेट प्रक्षेपणको केही सेकेण्डमै विष्फोट

टोकियो– जापानी निजी कम्पनीले अन्तरीक्ष कक्षमा पठाएको रकेट बिष्फोट हुन पुगेको छ । रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट भएको हो ।

सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।

निजी कम्पनीले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन ।

कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो । कतिपय ठाउँमा आगलागी पनि देखिएको छ । खुशीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन।

यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो । यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ ।

‘स्पेस वन’ को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ । कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?