मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड

यी हुन् बढी पारिश्रमिक लिने दश दक्षिण भारतीय फिल्म निर्देशक

काठमाडौँ– दक्षिण भारतीय फिल्महरूले पछिल्लो समय बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेका छन् । केही फिल्मले त बलिउडका फिल्मलाई समेत पछाडि पारेका छन् ।

दक्षिण भारतीय फिल्म उद्योगका निर्देशकको काम पनि उत्तिकै रुचाइने गरेको छ । सो फिल्म उद्योगमा केही यस्ता निर्देशक छन्, जसको पारिश्रमिक निकै धेरै छ । हिट फिल्म दिने निर्देशकको पारिश्रमिक महङ्गो हुनुलाई सामान्य पनि मानिन्छ ।

यी हुन् सबैभन्दा महङ्गो पारिश्रमिक लिने दक्षिण भारतीय निर्देशक

एसएस राजामौली

‘बाहुबली’, ‘बाहुबली २’, र ‘आरआरआर’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका एसएस राजामौली दक्षिण भारतीय फिल्म सबैभन्दा महङ्गा निर्देशक हुन् । उनले एउटा फिल्म निर्देशन गरेवापत एक सय करोड भारतीय रूपैयाँसम्म पारिश्रमिक लिने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रशान्त नील

केही समय अघिसम्म २५ करोड भारतीय रुपैयाँसम्म लिने दक्षिण भारतीय फिल्म निर्देशक प्रशान्त नीलले पछिल्लो समय भने पारिश्रमिक बढाएर ५० करोड भारूसम्म पुर्‍याएका छन् । उनले निर्देशन गरेका फिल्म ‘केजीएफ’, ‘केजीएफ २’ र ‘सलार’ बक्सअफिसमा ब्लकबस्टर साबित भएका थिए ।

सुकुमार

दक्षिण भारतीय फिल्म ‘पुष्पा’का निर्देशक सुकुमार पनि महङ्गा पारिश्रमिक लिने निर्देशकमध्येमा गनिन्छन् । उनले एउटा फिल्म निर्देशन गरेवापत करीब २५ करोड भारतीय रुपैयाँ लिने गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

एस शंकर

निर्देशक एस शंकरले एउटा फिल्म निर्देशन गरेवापत करिब ३० करोड भारतीय रूपैँया लिने गरेको मिडियाले उल्लेख गरेका छन् । यसबाहेक उनले केही फिल्ममा कमाइको केही प्रतिशत पनि लिने गरेका छन् । उनले ‘रोबोट’ तथा ‘अपरिचित’ जस्ता सुपरहिट फिल्म निर्देशन गरेका छन् ।

एआर मुरुगदोस

‘गजनी’, ‘थुपुक्की’ र ‘होलिडे’ जस्ता हिट फिल्म निर्देशन गरेका एआर मुरुगदास पनि महङ्गो पारिश्रमिक लिने दक्षिण भारतीय फिल्म निर्देशकको सूचीमा पर्छन् । उनले एक फिल्म निर्देशन गरेबापत् करिब २८ करोड भारतीय रूपैयाँ लिने गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

त्रिविक्रम श्रीनिवास

त्रिविक्रम श्रीनिवास पनि महङ्गो निर्देशकको सूचीमा परेका दक्षिण भारतीय फिल्म निर्देशक हुन् । उनले हाल एउटा फिल्म निर्देशन गरेबापत् करीब २६ करोड भारतीय रूपैयाँसम्म पारिश्रमिक लिने गरेको बताइन्छ ।

एटली कुमार

‘थेरी’, ‘बिगिल’ जस्ता हिट फिल्म निर्देशन गरेका एटली कुमारले पनि महङ्गो पारिश्रमिक लिने गरेका छन् । उनी एउटा फिल्मबाट २० करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गर्दछन् ।

शिवा

‘विवेगम’ र ‘वेदलम’ जस्ता हिट फिल्म निर्देशन गरेका शिवाले एउटा फिल्म निर्देशन गरेबापत् करीब २० करोड भारतीय रूपैयाँ पारिश्रमिक लिने गरेको मिडियाहरुले उल्लेख गरेका छन् । उनी पनि महङ्गो पारिश्रमिक लिने दक्षिण भारतीय फिल्म निर्देशक मानिन्छन् ।

कोरताला शिवा

कोरताला शिवा एउटा फिल्म निर्देशन गरेको करीब २० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने महङ्गा निर्देशक हुन् । उनले ‘जनता ग्यारेज’ र ‘आचार्य’ जस्ता हिट फिल्म निर्देशन गरेका छन् ।

मणि रत्नम

बलिउड फिल्ममा पनि चर्चित मणि रत्नम धेरै पारिश्रमिक लिने महङ्गा दक्षिण भारतीय निर्देशक हुन् । ‘रोजा’ र ‘बम्बे’ निर्देशन गरेका उनले एउटा फिल्म निर्देशन गरेबापत् करिब १० करोड भारतीय रूपैयाँसम्म पारिश्रमिक लिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?