मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाली पेटमा भुलेर पनि नखानुस् यस्ता खानेकुरा, बन्न सक्छ विष !

काठमाडौँ– खानपिनको सम्बन्ध मानवको स्वास्थ्यसँग जोडिएको हुन्छ । सामान्यतया मानिसहरु खानपिनमा ध्यान दिने गर्दैनन् । साधारणतया धेरै मानिसहरु बिहानै खालि पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका हुन्छन् ।

कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ । यस्तोमा खाना खाने समयको ज्ञान हुन आवश्यक छ । मानव शरीर स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।

संयमित भएर सही खानेकुराको सेवनले दीर्घ जीवन बाँच्न सकिने भएकोले बेलैमा सचेत हुन चिकित्सकहरु सुझाव दिन्छन् । यसकारण विशेष गरी बिहान खाली पेटमा खान हुने र नहुने खानाहरुको बिषयमा आज हामी चर्चा गर्दछौँ ।

यी हुन् खाली पेटमा खान नहुने चीज

चिया र कफी

बिहान उठ्ने बित्तिकै चिया वा कफी पिउने बानी स्वास्थ्यको लागि लाभदायक हुँदैन । चिया तथा कफीमा एसिड धेरै मात्रामा हुने हुँदा पेट दुख्ने, ग्याँस भरिने जस्ता समस्या हुन्छन् । खाली पेटमा चिया तथा कफीको सेवनले अल्सर नै हुने खतरा रहन्छ ।

चिया तथा कफीमा हुने क्याफिनको कारण यस्तो खतरा हुने गर्छ । यसको विपरीत बिहान उठ्ने बित्तिकै एक गिलास मनता तो पानी पिउँदा स्वास्थ्यका लागि लाभदायी हुन्छ । त्यसपछि चिया तथा कफी सेवन गरेमा तुलनात्मक रुपमा कम असर गर्छ ।

गोलभेंडा

हाम्रो भान्सामा अधिकतम् मात्रामा गोलभेंडाको प्रयोग हुन्छ । गोलभेंडामा कतिपय राम्रा गुण भएता पनि खाली पेटमा यसको सेवनले पेटलाई नराम्रो असर गर्ने गर्छ ।

यसको प्रयोग बढी हुँदै गएमा पित्तथैली तथा किड्नीमा पत्थर जम्ने समस्या शुरु हुन सक्ने चिकित्सकले बताएका छन् । सोही कारण गोलभेंडाको प्रयोग कम गर्न र खाली पेटमा खाँदै नखान चिकित्सकहरु सुझाव दिन्छन् ।

केरा र दही

खाली पेटमा केरा, दहीको प्रयोगले स्वास्थमा नकारात्मक असर पुर्‍याउँछ । केरामा मेग्नेसियम धेरै मात्रामा हुन्छ । खाली पेटमा दहीको सेवनले पेट दुख्ने समस्या हुन्छ ।

अल्कोहल

खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना  राम्ररी पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

तरुल

तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । यसकारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिकको समस्या बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?