मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कानुन क्षेत्रमा योगदान गर्नेलाई बुद्ध एयरको सम्मान

काठमाडौँ – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । कम्पनीले कानुन तथा न्यायका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई ‘स्व सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ ।

हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायका क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । उक्त प्रयोजनका निम्ति बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एशोसिएसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले आज सम्झौतामा हस्ताक्षर गरेका छन्।

पुरस्कारका लागि बुद्ध एयरले रु २५ लाखको अक्षय कोष स्थापना गरेको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक दुई वर्षमा एक जनालाई सम्मान गरिने कम्पनीले जनाएको छ । बुद्ध एयरले पहिलो वर्षका लागि थप रु पाँच लाख रकम पनि प्रदान गरेको छ ।

सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष हुन् । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगको अध्यक्ष भएर पनि सेवा पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?