मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नवल खड्कालाई दिएकाे धम्कीप्रति चलचित्र निर्माता संघको आपत्ति

काठमाडाैँ- अभिनेता, निर्देशक एवम् निर्माता तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्कालाई काँडेतारको विषयलाई लिएर भौतिक रूपमा आक्रमण गर्ने तात्पर्यमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बुधवार एक विज्ञप्ति जारी समेत गरेकाे छ । ‘काँडेतारको विषयलाई लिएर अनलाइन मिडियामा कुनै एक व्यक्तिले खड्कालाई भौतिक रूपमा आक्रमण गर्ने तात्पर्यको अभिव्यक्ति दिइएको बताइएकाे छ ।

‘सिनेमा निर्माण जस्तो समाज रूपान्तरणको सशक्त माध्यमबाट सबल समाज निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने चलचित्रकर्मी माथि यसरी खुलेआम रूपमा धम्किपूर्ण अभिव्यक्ति मञ्चन हुनु विधिको शासन विपरित, संविधानको खिलाफ र स्रष्टाको सृजना प्रति घोर अपमान हो’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

व्यक्तिबाट भनिएको जस्तो उक्त सिनेमा भित्र जातीय द्वेष फैलाउने, छिमेकी देश प्रति नकारात्मक सन्देश प्रवाहा हुने कुनै दृष्यभाषा नरहेको संघकाे भनाइ छ ।

उक्त व्यक्तिको भड्काउ अभिव्यक्तिमा नआउन समेत आम जन समुदायहरूमा संघले अनुराेध गरेकाे छ । संघले उक्त व्यक्तिको अभिव्यक्तिको खण्डन सहित घोर भत्सर्ना गरेकाे छ ।

कुनै व्यक्तिगत अभिप्रायलाई लिएर सिनेमाको आयातन नबुझिकन सिंगो चलचित्र माथि नै जातीय र अन्तरदेशीय द्वेषको आरोप लगाउने कुकृत्यको भण्डाफोर चलचित्रकर्मीहरूले अन्त्य गर्नुपर्ने संघकाे भनाइ छ ।

यस्ताे छ विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?