मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबूक खाता डिलिट गर्नुपर्ने अवस्था आयो? यसरी गर्नुहोस्

काठमाडौँ– सामाजिक सञ्जालको विकाससँगै संसारभर फेसबूक प्रयोगकर्ता पनि दिनानुदिन बढ्दै छन् । अहिलेको जमानामा फेसबूक नहुने शायदै कोही होलान् ।

कहिलेकाहीँ भने फेसबूक डिलिट गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि सिर्जना हुन सक्छ । अझ कतिपय अवस्थामा त फैसबूक नै नचलाऊँ कि जस्तो पनि लाग्न सक्छ । कहिलेकाहीँ सुरक्षाका हिसाबले पनि फेसबूक डिलिट गर्नुपर्ने हुनसक्छ ।

आज हामी तपाईँलाई फेसबूक कसरी डिलिट गर्ने भनेर जानकारी दिँदैछौँ ।

– सबैभन्दा पहिले फेसबूक लगइन गर्नुहोस् ।

– त्यसपछि फेसबूकको सेटिङमा जानुहोस् र त्यहाँ प्राइभेसीमा क्लिक गर्नुहोस् ।

– त्यसपछि सेटिंग्स एण्ड सेक्युरीटीमा क्लिक गर्नुहोस् ।

– अब प्राइभेसीमा क्लिक गरी फेसबुक इन्फर्मेसन विकल्पमा क्लिक गर्नुहोस् ।

– अब तपाईँले डिएक्टिभेसन एण्ड डिलिटेसन विकल्पमध्ये कुनै एक रोज्नुहोस् ।

– यदि डिलिट गर्नुपर्ने छ भने डिलिट गर्नुहोस् । फेसबूकलाई केही समयका लागि डिएक्टिभ गरेर पनि राख्न सक्नुहुन्छ ।

– डिलिट गरेको अवस्थामा भने तपाईँले आफ्नो फेसबूकमा शेयर गरेका सबै डाटाहरू गुमाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?