मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खुवाउन बालबालिकालाई मोबाइल देखाएर भुलाउने गर्नुभएको छ? के यो सही तरिका हो?

काठमाडौँ– व्यस्त समय र बदलिँदो युगसँगै मानव जीवनमा धेरै कुराहरू परिवर्तन हुँदै गइरहेका छन् । अहिलेको आधुनिक युगमा मोबाइल र इन्टरनेटको प्रयोग पनि व्यापक रुपमा बढेको छ । अहिले दूधे बालकको हातमा समेत मोबाइल हुन्छ । बरु उनीहरूको हातमा दूधको बोत्तल नहुन पनि सक्छ ।

बालबालिका पनि रोइरहेका बेला मोबाइल दियो भने तुरुन्तै शान्त हुने कारणले गर्दा अभिभावकले टहलाउनका लागि पनि बालबालिकालाई मोबाइल दिने गरेको पाइन्छ ।

बालबालिकालाई एकछिन फकाउनका लागि पनि मोबाइल दिने र भुलाएर त्यो समयमा खाना पकाउने लगायतका काम भ्याउनुपर्ने कारणले पनि मोबाइलले कतिपय अवस्थामा सहज बनाइदिएको छ ।

हातमा मोबाइल थमाइदियो भने दुई चम्चा खाना खान नमान्ने बच्चाले पनि एक थाल खाना खाएको मेसो पाउँदैन । यसो हुँदा आमाहरु पनि बच्चाले धेरै खाना खायो मेरो बच्चा स्वस्थ रहन्छ भनेर खुशी हुन्छन् । उता समयको पनि बचत हुन्छ । तर, यसरी बच्चाहरुलाई मोबाइलको सहारामा खाना खुवाउने बानी निकै गलत र अस्वस्थकर हुने चिकित्सकहरु बताउँछन् ।

आजकाल धेरैजसो अभिभावकले बच्चालाई खाना खुवाउन मोबाइलको सहारा लिने गर्छन् । बच्चा जुनसुकै उमेरको किन नहोस् खाने बेलामा मोबाइल त चाहिन्छ नै । तर धेरैले के थाहा पाउनुपर्छ भने यो राहतको कुरा होइन, यसले बच्चाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

बच्चालाई खाने खुवाउने बेला मोबाइल दिइयो र सधैँ यही प्रक्रिया जारी राखियो भने यसले बालबालिकामाथि नकारात्मक असर पर्ने विभिन्न अनुसन्धानले पनि पुष्टि गरेका छन् । वास्तवमा सधैँ मोबाइल हेर्ने भएकोले बच्चालाई यसको लत लाग्न सक्छ ।

यहाँसम्म कि, यदि तपाईंले साना बच्चालाई यसरी नै खाना खुवाउने गर्नुहुन्छ भने उनीहरुले खाना यसरी नै खानुपर्छ भनेर बुझ्छन् ।

हाम्रो ध्यान खानामा हुँदा हामीले कति खाने, के खाइरहेका छौँ भन्ने कुरा हामीलाई थाहा हुन्छ । तर बच्चालाई खाना खुवाउने बेला मोबाइल देखाइयो भने बच्चाले कति खाने भनेर बुझ्न सक्दैनन् । त्यसैले धेरैजसो अवस्थामा बच्चाले कि त धेरै खाइरहेका हुन्छन् कि थोरै । यहाँसम्म कि बच्चालाई के खाइरहेको छु भन्ने कुरा पनि थाहा हुँदैन ।

खाना खाने बित्तिकै त्यो कस्तो स्वादको छ भन्ने कुरा थाहा भइहाल्छ ।

हामीले जे खाइरहेका छौँ, त्यो आफूलाई मन पर्ने खालको छ कि छैन भन्ने कुरा पनि हामीले थाहा पाउँछौँ । जबकि साना बच्चालाई मोबाइल देखाएर खुवाउँदा त्यसको स्वाद मीठो छ कि छैन भन्ने उनीहरुले थाहा पाउन सक्दैनन् ।

तपाईंले अनुभव गर्नुभएको होला कि, बच्चालाई मोबाइल देखाउँदा उनीहरुले जे पनि खान्छन् । उनीहरूलाई मन नपर्ने कुरा पनि खाइरहेका हुन्छन् । सधैँ मोबाइल देखाएर खाना खुवाउनु बालबालिकाको टेस्ट बडका लागि सही होइन ।

एक दशक अघिसम्म पूरा परिवार सँगै बसेर खाना खाने प्रचलन थियो । खाना खाने समयलाई एक प्रकारको फ्यामिली टाइम मानिन्थ्यो । यतिबेला परिवारका सबै सदस्यले एक आपसमा कुराकानी गर्दथे, आफ्ना समस्याको समाधान खोज्थे ।

यसरी पारिवारिक सम्बन्ध पनि बलियो हुन्थ्यो । तर अहिले खाना खाने समयमा यस्ता खालका कुराकानी कमै देखिन्छ । यदि तपाईंले बच्चालाई खाना खुवाउने बेला यसरी नै मोबाइल देखाउनुहुन्छ भने उनीहरुले खाना खाने बेला कहिले पनि कुराकानीको सिलसिला शुरु गर्दैनन् । यसरी उनीहरुले फ्यामिली बन्डिङलाई बुझ्न पनि सक्दैनन् ।

बालबालिकालाई खाना खुवाउने बेला यी कुरामा गर्नुहोस् ख्याल

– बच्चासँग खाना खाने बेला धेरै कुराकानी गर्नुहोस् ।

– बच्चालाई भोक लागेपछि मात्रै खाना खुवाउनुहोस् ।

– खाना खाने बेला मोबाइल हेर्ने भनेर जिद्दी गर्न थाल्यो भने बेवास्ता गर्नुहोस् ।

– खानामा के मन पर्छ, त्यसबारे बच्चासँग कुराकानी गर्नुहोस् ।

– तपाईं आफैँ पनि खाना खाने बेलामा कहिल्यै मोबाइल नहेर्नुहोस् । एउटा कुरा ध्यान के ध्यान दिनुहोस् बच्चाहरुले सधैँ आफ्नो आमाबुवाको बानी अनुसरण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?