मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुकले राखेको हुन्छ तपाइका यस्ता गोप्य जानकारीहरू  

काठमाडौँ– सामाजिक सञ्जालको लोकप्रिय माध्यम मध्ये एक फेसबुक पनि हो । यसको प्रयोग पछिल्लो समय धेरैजसो मानिसहरूले गर्ने गर्छन् । 

तर तपाइलाई थाहा नहुन पनि सक्छ, फेसबुकले तपाइका केही जानकारी समेत लिने गरेको हुन्छ । जुन जानकारीको प्रयोग फेसबुकले तपाइको प्रोफाइलमा विज्ञापन देखाउनका लागि प्रयोग हुने जनाइएको छ । 

तपाइका यी जानकारीहरू हुन्छन् फेसबुकसँग :

डिभाइसको जानकारी– फेसबुकले तपाईँको डिभाइसको सम्पूर्ण जानकारी लिने गरेको छ । तपाइले लगइन गरेको कम्प्युटरका बारेमा सम्पूर्ण जानकारी फेसबुक लिने गरेको पाइएको छ । 

एपको जानकारी– यस्तै फेसबुकले तपाईँले प्रयोग गर्ने गरेको सम्पूर्ण एप्सको बारेमा समेत जानकारी राख्छ । यूजरले कुन एप कति समयसम्म प्रयोग गर्दछ भन्ने समेत जानकारी फेसबुकले राख्ने गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । 

डिभाइस कनेक्सन– तपाइको डिभाइस कुन कुन डिभाइस वा नेटमा कनेक्ट छ भन्ने जानकारी पनि फेसबुकले राखेको हुन्छ । 

ब्याट्री लेबल– यस्तै प्रयोगकर्ताले प्रयोग गरिरहेको डिभाइसको ब्याट्रीको बारेमा पनि फेसबुकले निगरानी गरिरहेको हुन्छ । यसबाट फेसबुक एपले प्रयोगकर्ताको डिभाइसको अधिक ब्याट्री लिएको छ वा छैन भन्ने आधारमा आफ्नो एपलाई अपडेट गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?