मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेट

त्रिकोणात्मक टी-२० सिरिज : फाइनलमा आज पिएनजीसँग भिड्दै नेपाल

जोयनेपाल
3.3k
Shares
Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौँ – हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा आज नेपालले  पपुवा न्युगिनीको सामना गर्दैछ । 

हिजो मात्र  ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग नेपालले आज फाइनल खेल्न लागेको हो।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गरेको थियो । 

मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।

आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ।  नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?