मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी थाहा पाउनुहोस्, कुन वेबसाइट सक्कली र कुन नक्कली

काठमाडौँ– केही नयाँ विषयको बारेमा जान्नका लागि आजभोलि धेरैजसो मानिसहरूले गुगल सर्च गर्ने गर्छन् । त्यहाँ वेबसाइट देखिन्छन् ।

जसबाट मानिसले आफूले खोजेका धेरै कुराहरू थाहा पाउन सक्छन् ।  तर के तपाइलाई थाहा छ ? हेर्दा उस्तै लाग्ने वेबसाइट तथा एप खराब नियत भएका ह्याकरले थापेको पासो पनि हुन सक्छन् ।

यसरी वास्तविक संस्था वा व्यक्तिको जस्तै दुरुस्तै देखिने नक्कली वेबसाइट बनाएर पनि ह्याकरहरूले सोझा प्रयोगकर्तालाई फसाउन खोजिरहेका हुन्छन् । आज हामी तपाईँलाई त्यस्ता नक्कली वेबसाइट कसरी चिन्ने भनेर जानकारी दिँदै छौँ ।

यसरी छुट्याउन सकिन्छ, नक्कली वा सक्कली वेबसाइट 

एड्रेस बारः कुनै पनि वेबसाइट नक्कली वा सक्कली भनेर थाहा पाउने सजिलो तरिका एड्रेस बार हेर्नु हो । कुनै पनि ब्राउजरको माथिल्लो भागलाई एड्रेस बार भनिन्छ । त्यसमा ‘एचटीटीपिएस’ बाट सुरु भएको वेबसाइटको लिङ्क हुने गर्छ । यसमा भएको ‘क’ले सेक्योर अर्थात सुरक्षित भन्ने अर्थ दिन्छ ।

यस्तै वेबसाइटको हिज्जे हेर्नुपर्ने हुन्छ । यदि गलत स्पेलिङ वा हिज्जे छ भने त्यो वेबसाइट नक्कली भएको भनेर बुझ्नुपर्छ ।  

भाषा र डिजाइन: कतिपय अवस्थामा वेबसाइटको डिजाइन तथा फोटो, ग्राफिक्स गलत भएको देखिएमा पनि सचेत हुनुपर्छ ।

‘हाम्रो बारेमा’ र ‘हाम्रो सम्पर्क’ : कुनै पनि नयाँ वा शङ्का लागेको वेबसाइटमा ‘हाम्रो बारेमा’ र ‘हाम्रो सम्पर्क’ मा ध्यान दिएर हेर्नुपर्छ । किनकि यहाँबाट कसले वेबसाइट चलाउँछ ? उनीहरूको कार्यालय वा ठेगाना कहाँ छ ? उनीहरूको सम्पर्क ठेगाना के हो ? भन्ने जस्ता सूचना पाइन्छ ।

अत्यधिक विज्ञापन : कुनै पनि निःशुल्क वेबसाइट खोल्दा विज्ञापन आउनु स्वाभाविक छ । तर अस्वाभाविक रूपमा धेरै ओटा विज्ञापनहरू देखिएका छन्, भने शङ्का गर्नुपर्ने हुन्छ । अझ गैरकानुनी कुराहरू जस्तै सट्टेबाज, क्रिप्टो आदिबारे विज्ञापन आउँछन् भने अझ बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?