मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मैत्रीपूर्ण र विश्वकप छनौट खेल्ने नेपाली फुटबल टिमको घोषणा

काठमाडौँ – अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल तथा बहराइनविरुद्धको फिफा विश्वकप एशिया छनौटको खेलका लागि टिमको घोषणा गरेको छ ।

नेपालले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ भने विश्वकप छनौटको दोस्रो राउण्डमा बहराइनसँग मार्च २१ र २६ मा खेल्दै छ ।

बहराइनसँग नेपालमा हुने होम खेल दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि बहराइनमा नै हुने भएको छ । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो अन्नेसेले २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेका छन् ।

नेपाली टिम :

गोलकिपर : किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार ।
डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरीङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ ।
मिडफिल्डर : भारत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सब राई ।
फरवार्ड : अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की ।

एशिया विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?