मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड

उर्फी जावेद: दुई वर्षसम्म कोठामा थुनियो, त्यसपछि घर निकाला गरियो

काठमाडौँ– पहिरनकै कारण चर्चामा आइरहने भारतीय टिभी अभिनेत्री उर्फी जावेदको पछिल्लो समय फेरि चर्चा हुन थालेको छ । विभिन्न सार्वजनिक कार्यक्रममा उनी नौला पहिरनहरु लगाएर सहभागी हुँदा उनको चर्चासँगै विरोध पनि हुने गर्छ ।

पहिरनकै कारण कैयन् समय उनी ट्रोलको शिकार समेत भएकी छिन् । यद्यपि यसलाई बेवास्ता गर्दै उनी आफ्नै शैलीमा अगाडि बढिरहेकी छिन् ।

सधैं मस्त र विन्दास गेटअफमा देखिने उर्फीको आफ्नै नमीठो विगत थियो भन्दा उनका फ्यानहरुलाई आश्चर्य लाग्न सक्ला ।

परिवारबाटै शारीरिक तथा मानसिक हिंसा खेपेको कुरा उनले भारतीय मिडियाहरुमाझ खोलेकी थिइन् । भारतीय रियालिटी शो ‘बिग बोस’को सिजनबाट बाहिरिएपछि उनले परिवारबाटै पीडित हुनुपरेको कारण खुलाएकी थिइन् ।

उनका अनुसार बाल्यकालमा उनी डिप्रेशनको शिकार समेत भएकी थिइन् । कक्षा ११ मा अध्ययनरत रहँदा उनको एकजना साथीले उनको तस्वीर एउटा एडल्ट साइटमा शेयर गरिदिएका थिए ।

त्यसकारण उनको परिवारका सदस्यले उनीमाथि नराम्रो नजरले हेरे । परिवारले उनको कुरा सुन्ने प्रयास समेत नगरी उनैलाई दोषी बनाएका थिए ।

परिवार र आफन्तजनलाई उनी पोर्न स्टारको काम गर्छिन् भन्ने भ्रम थियो ।

उनले भनेकी छिन्,‘म समस्यामा हुँदा मेरो परिवारले मलाई साथ दिनुका सट्टा उल्टै दोषी बनाए । मलाई बोल्न समेत दिइएन । मेरो बुवाले ममाथि शारीरिक र मानसिक रुपमा पीडा दिने काम गरे ।’

त्यतिबेला परिवारले उनको बैंक अकाउट समेत चेक गर्ने काम गरेका थिए । परिवारलाई उनको खातामा गोप्य स्रोतबाट पैसा आउँछ भन्ने लागेको थियो । आफन्तजनहरुले उनलाई सिधै पोर्न स्टार भन्थे । दुई वर्ष घरमै कैद गरेपछि उनलाई घरबाट परिवारले निकालेका थिए ।

नजिकका मान्छेहरुले विभिन्न नाम दिएर उनलाई बोलाउने गरेकाले उनले आफ्नो वास्तविक नाम समेत भुलेकी थिइन् ।

‘समस्या समाधानका लागि म सँग केही विकल्प नै थिएन । मसँग कोही बस्दैनथे । कुनै छोरी मान्छेलाई मसँग बस्न दिँइदैनथ्यो ।

यस्तो अवस्थामा मैले आफैंसँग विश्वास गर्न सिकेँ । मेरो आवाज उठाउन सिकेँ’, उनले भनेकी छिन् ।

उनले दुई वर्षसम्म जुन दुःख भोगिन्, त्यो कसैले भोग्न नपरोस् भन्ने उनको कामना छ । उनको परिवारमा छोरी मान्छेहरु बोल्नका लागि स्वतन्त्र थिएनन्, मात्र पुरुषको बोली चल्थ्यो, उनले त्यही भोगिन् । जब उनले घर छोडिन्, तब बोल्न सिकिन् ।

त्यसपछि मात्र उनलाई छोरी मान्छेहरु पनि बोल्न सक्छन् भन्ने आभास भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?