मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका किरातीको पुर्वेली गीत ‘आकाशैमा चिल हो कि बेसारा’ सार्वजनिक

काठमाडौँ– गायिका बबिना किरातीको स्वरमा‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन गीत हालै सार्वजनिक भएको छ ।

गायक महेश थुलुङले एक दशकअघि नै यस गीत सार्वजनिक गरेका थिए । जुन गीतलाई निकै रुचाइएकाे थियाे । एक दशकपछि गायिका किरातीको स्वरमा सार्वजनिक भएको गीतमा भुवन थुलुङको शब्द तथा संगीत रहेको छ ।

गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको यस गीतको मिक्सिङ र मास्टररिङ राजु कार्कीले गरेका छन् ।

गीत भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने गीतकाे भिडियोमा गायिका किरातीसँगै सम्राट अधिकारी, अनिस मगर, सृष्टि सुब्बा, रश्मी आले मगर लगायत कलाकारलाई देख्न सकिन्छ ।

इसाक जबेगुले खिचेको भिडियोमा पूर्वका रमणीय ठाउँहरुलाई देख्न सकिन्छ । गीतकाे सम्पादन विकास दाहालले गरेका छन् ।

यसअघि उनको ‘चरी भए’, ओई भन्यो मायाले’, ‘चाइनाको रेल’ ‘बेचिदिन्थेँ यो जवानी’ लगायत गीतहरु सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?