मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाफामा वास्तुकला प्रदर्शनी

काठमाडाैँ- नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा), वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र वास्तुकला विभागको संयुक्त आयोजनामा आइतवारबाट प्रतिष्ठानमा वास्तुकला प्रदर्शनी शुरु भएको छ ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, वास्तुकला विभागका शिक्षकहरु आर्किटेक्ट प्रजल प्रधान, चन्द्र हाकुमिला प्रजापति एवं आर्किटेक्ट दिनेश कोजुका साथै विभागका विद्यार्थीहरुको उपस्थितिमा प्रदर्शनीमा शुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा राखिएका आर्किटेक्चरका नमूनाबाट आफू प्रभावित भएको बताए । यस ज्ञानलाई अर्थतन्त्रसँगै जोडेर अघि बढाएमा यसले रोजगारी र पहिचान दुवै दिने धारणा उनले राखे । युवापुस्तालाई प्रेरित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरूरी रहेको उनको भनाइ थियो ।

आर्किटेक्ट प्रधानले प्रतिष्ठानसँगको सहकार्यमा दोस्रोपटक कार्यक्रम गरेको बताउँदै यस्ता कार्यक्रममार्फत एउटा उदाहरण बनेर देखाउने उद्देश्य रहेको धारणा राखे । आर्किटेक्ट कोजुले यस्ता विषयसँग सम्बन्धित रहेर जनतासँग संवाद गरिरहनुपर्ने बताए। प्रदर्शनी मङ्गलवार सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?