मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘बद्री बहादुर’को ‘पुलिस दाइ’ गीत सार्वजनिक

काठमाडौँ – आगामी चैत २३ गतदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बद्री बहादुर’ गीत सार्वजनिक भएको छ। शोभित बस्नेत निर्देशित फिल्ममा समावेशी ‘पुलिस दाइ’ बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, सलोन बस्नेत, जयकिसन बस्नेत, राजिव बस्नेत, छुल्ठिम गुरुङलगायत कलाकारलाई देख्न सकिन्छ। पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिनेछन्।

गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ। शिव विकको कोरियोग्राफी रहेको गीतमा विनोद सापकोटाको छायांकन छ।

सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन्। फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईंलगायत कलाकारको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?