काठमाडौँ – टिकटकबाट उदाएकी मोडल गरिमा शर्मा यती वेला आफ्नो डेब्यु फिल्मको प्रदर्शन पर्खिरहेकी छिन् ।
उनले अभिनय गरेको पहिलो फिल्म ‘लन्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । केही वर्ष अगाडि नै सुरु भएर पनि भर्खर छायाङ्कन सकिएको यो फिल्मसँगै उनी नेपाली रजतपटमा देखिने छिन् ।
‘लन्डन टू पेरिस’ घनश्याम लामिछाने निर्देशित फिल्म हो । अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा निर्माता रहेको तथा एबी इन्टरनेश्नलको ब्यानरमा बनेको यो फिल्म लभस्टोरी कथामा निर्माण भएको हो ।
फिल्ममा गरिमाको अलावा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, लोकविक्रम मल्ल लगायतको अभिनय रहेको छ ।
त्यसो त ‘लन्डन टू पेरिस’ प्रदर्शन नहुँदै उनले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ समेत काम गरेकी छन् । फिल्मको छायाङ्कन अझै बाँकी भएकोले यो कहिले आउने निश्चित छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया