मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरेक बिहान जिरा पानी पिउने गर्नुहोस्, हुनेछन् नसोचेको फाइदा 

बिहान उठ्ने बित्तिकै हामी पानी पिउँछौँ । कोही सादा पानी पिउँछन् त कोही फलफूल वा तरकारीको जुस पनि पिउने गर्दछन् । कोही कोही औषधीय गुणले भरिएका दाना भिजाइएर तयार पारिएको पानी पनि सेवन गर्छन् ।

यस्ता हरेक खानेकुराको आ–आफ्नै स्वास्थ्य लाभ छन् । यस्तै बिहान उठ्ने बित्तिकै जिरा पानी पिउने गर्नुभयो भने तपाई निकै स्वस्थ रहन सक्नुहुन्छ । 

यस्ता छन् जिरा पानी पिउनुका फाइदाहरू :

–रातभर जिरालाई पानीमा भिजाएर बन्ने पानी नै जिरा पानी हो । यो पानीले पाचनलाई त राम्रो बनाउँछ नै तौल घटाउन पनि त्यत्तिकै उपयोगी छ ।

–जिरामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मेटाबोलिज्म बढाउन मद्दत गर्छ, पाचन सुधार्छ अनि पेट डुम्म फुल्ने समस्या पनि कम गर्छ । 

–जिरामा पाचनका लागि अत्यावश्यक इन्जाइम स्टिमुलेट गर्ने यौगिक हुन्छ । बिहान जिरा पानी सेवन गर्दा पाचन राम्रो हुन्छ अनि अपच हुने, पेट फुल्ने र कब्जियत लगायत समस्याहरू रोक्न सकिन्छ ।

–जिराको दानामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले मेटाबोलिजम बढाउँछ । दिनहुँ जिरा पानीको सेवनले क्यालोरी बर्न गर्न सघाउँछ अनि तौल व्यवस्थापनमा पनि सहयोग मिल्छ ।

–जिरा पानीमा पेटमा ग्यास जम्मा हुने अनि पेट फुल्ने समस्या कम गर्ने कार्मिनेटिभ तत्त्वहरू हुन्छ । यसले पाचन इन्जाइमको उत्पादन बढाएर ग्यास्ट्रोइन्टेष्टाइनल ट्र्याक्टमा ग्यास बन्न दिँदैन ।

–जिरा पानीमा मेटाबोलिजम बढाउने तत्त्वहरू हुन्छन् । एका बिहानै जिरा पानीको सेवनले मेटाबोलिजम बढाउँछ, दिनभर नै प्रभावकारी ढङ्गले क्यालोरी बर्न गर्न सघाउँछ ।  

–जिरा पानीले भोक कम गराउँछ, लामो समयसम्म पेट भरिएको महसुस गराउँछ अनि तौल घटाउन मद्दत गर्छ ।

–जिरा पानी प्राकृतिक डिटक्सीफायर हो । यसले शरीरमा भएका टक्सिनहरूलाई शरीरबाट निकाल्न मद्दत गर्छ । यसले कलेजोलाई बाइल उत्पादन गर्न प्रेरित गर्छ । यसले फ्याटहरू टुक्राउन र शरीरबाट फोहोर निकाल्न मद्दत गर्छ ।

–जिराको दानाहरूमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबायल तत्त्वहरू पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । जिरा पानीको दिनहुँ सेवनले सङ्क्रमण, चिसो र अन्य बिरामी विरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ भने हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

–जिराले इन्सुलिन संवेदनशीलता र ग्लुकोजको अवशोषणलाई सुधारेर रगतमा चिनीको मात्रा नियमन गर्न मद्दत गर्छ । बिहान जिरा पानीको सेवन गर्दा दिनभर नै शरीरमा चिनीको मात्रा स्थिर राख्न मद्दत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?