मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका लोप्चनलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार–२०८०’ प्रदान

काठमाडौँ– तामाङ सेलो गायिका जितु लोप्चनलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरिएको छ ।

सोमवार गायिका मोक्तानको १३ औं स्मृति दिवसको अवसरमा नेपाल तामाङ कलाकार संघले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङमा गरिएको कार्यक्रममा लोप्चनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले लोप्चनलाई सम्मानपत्र र नगद २० हजार रुपैयाँ हस्तान्तरण गरे । पुरस्कारले संगीत क्षेत्रमा लाग्न अझै प्रेरणा मिल्ने लोप्चनले बताइन् ।

एक दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेकी लोप्चनका तीन सय भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् ।
पुरस्कृत लोप्चनलाई बधाइ तथा शुभकामना दिँदै कलाकार संघका अध्यक्ष तथा गायक विशाल काल्तानले कार्यक्रममा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा लोक सम्राट चन्द्र कुमार मोक्तान, गायिका इन्दिरा गोले, घेदुङका सह-अध्यक्ष कुमार घिसिङ लगायतकाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?