मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निद्राको कमी पत्ता लगाउन नयाँ प्रविधिको विकास

काठमाडौँ – वैज्ञानिकहरूको टोलीले निद्राबारे परीक्षण गर्ने नयाँ प्रविधि विकास गरेको छ ।

रगत परीक्षणमा आधारित यो प्रविधिले कुनै पनि मानिस २४ घण्टासम्म सुतेको छैन भनेर पत्ता लगाउन सक्छ।

यो बायोमार्कर टेस्ट प्रविधिबाट मानिस २४ घण्टासम्म जागा थियो कि थिएन भनेर पत्ता लगाउन सकिने साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययन लेखमा बताइएको छ । 

विश्वमा हुने सडक दुर्घटनामध्ये करिब २० प्रतिशत निद्राको कमीका कारण हुने गरेको छ।

अनुसन्धानकर्ताहरू यो खोजले निद्राबाट वञ्चित ड्राइभरहरूलाई अझ सजिलै पहिचान गर्न सकिने र  यो समस्यालाई सजिलैसँग उपचार गर्न सकिने अवस्था सिर्जना गर्ने आशामा छन् । 

यो परीक्षण भविष्यमा फोरेन्सिक टेस्टका लागि पनि प्रयोग हुन सक्छ ।

यो निद्रा अभाव बायोमार्कर परीक्षण २४ घण्टा वा सो भन्दा बढि नसुतेकोमा जागा रहेकोमा आधारित छ, तर १८ घण्टासम्म जागा भएको पनि पत्ता लगाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?