मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मण्डला थिएटरमा नाटक ‘आकाशको बाटो’ मञ्चन हुने

काठमाडौँ – मण्डला थिएटरमा आगामी चैत २ गते देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। आकाशको बाटोको लेखन तथा निर्देशन प्रदीपकुमार चौधरी हुन् । यो नाटक शुक्रबारदेखि चैत १८ गतेसम्म मञ्चन हुनेछ ।

सोमबार पोस्टर सार्वजनिक गर्दै मण्डलाले नयाँ मञ्चनबारे जानकारी दिएको हो । आकाशको बाटो हुँदै विदेशिन बाध्य युवाको कथावस्तुमा नाटक बनेको हो ।

निर्देशक चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावको कारणले या कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रुपमा स्थापित हुँदै गइरहेको छ ।’

यो नाटकलाई निर्देशक चौधरी विदेशिनुपर्ने बाध्यताको कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्तावेजको रुपमा व्याख्या गर्छन् । यो नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?