मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झुटो विवरण पेस गरी नागरिकता लिनेको खारेजी प्रक्रिया शुरु

पर्सा–  झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।

वीरगन्ज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को स्थायी बासिन्दा भन्दै नागरिकता लिन सफल सैफ अली ठकुराई उर्फ अलीराजा चौहान र मुराद अली ठकुराई उर्फ मुराद अली चौहान विरुद्ध नागरिकता खारेजी हुनु पर्ने दाबी सहित जिल्ला प्रशासनमा उजुरी परेको हो ।

भारतीय बाबु रहेको जन्म दर्ता मै स्पष्ट हुँदाहुँदै पनि झुटा विवरण पेस गरेर दुवै जनाले वंशजको आधारमा गएको २०७० जेठ १३ मा नेपाली नागरिकता लिन सफल भएका थिए ।

लगत्तै २०७८ भदौ ३० मा जन्मस्थान धनुषाको हरिने गा.पा वडा नं ३ रहेको स्थायी वासस्थान वीरगन्ज महानगरपालिका ३ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रतिलिपि लिएका छन् ।

धनुषाबाट जारी भएको नागरिकतामा आमाको नाम उल्लेख भएकोमा पर्साबाट लिएको नागरिकतामा आमाको नाम समेत हटाइएको छ ।

यस्तै उनीहरू भारतको विहार राज्य जिल्ला पूर्वी चम्पारण थाना आदापुर पंचायत लक्ष्मीपुर पोखरी वडा नं १० पोस्ट विसुनपुरवाका स्थायी बासिन्दा रहेको उजुरीमा उल्लेख छ ।

सैफ अली २०५२ र मुराद २०५७ मा जन्म भएको देखिएको तर २०६३ को नागरिकता टोलीबाट उनकी आमा हप्सा खातुनले जन्मको आधारमा बाबुको नामबाट अविवाहित नागरिकता लिएको देखिएकाले परिवारैले झुटा विवरणको आधारमा नेपाली नागरिकता लिएको स्पष्ट भएको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न उजुरी परेको हो ।

वीरगन्ज महानगरपालिका वडा नं.१ निवासी सुरेशमान सिंह श्रेष्ठले झुटा विवरण दाखिल गरी जन्म दर्ता एवं नागरिकता लिने दुबैलाई कानुन बमोजिम कारबाही अगाडी बढाइ नागरिकता बदर गरी हदैसम्म दण्ड सजाय गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

झुटा विवरण पेस गरी भारतीय व्यक्तिले नेपाली नागरिकता लिएको भन्ने उजुरी प्रमाण सहित पेस हुन आएकाले दर्ता गरेर तत्काल कारबाहीका लागि अघि बढाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएँ ।

सैफ अली र मुराद आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने वीरगन्ज ३ का लियाकत अलीका सहोदर भान्जा हुन् । भारत बिहे गरेकी आफ्नै दिदीका छोराहरूलाई झुटा विवरणको आधारमा नेपाली नागरिकता दिलाउने मतियारको रूपमा रहेका उनै लियाकत अहिले अन्य व्यक्तिको नागरिकता छानबिन हुनुपर्ने माग गर्दै सडकमा उफ्रिरहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?